+
+
Shares

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
  • आर्थिक वर्ष २०७६/७७ मा सगुन कन्सट्रक्सनलाई राजस्व छुट दिई एक करोड ४१ लाख ५० हजार रुपैयाँ सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अभियोग उनीहरूमाथि लागेको छ।
  • मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी र सगुन कन्सट्रक्सनका प्रतिनिधिहरू रहेका छन्।

१९ साउन, काठमाडौं । दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्सट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का, कम्पनीका प्रतिनिधि विरास पुन र सगुन कन्सट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि (बुटवल) विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा वडा नम्बर १ र २ का विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डरमा एक करोड ४१ लाख ५० हजार रुपैयाँ सगुन कन्स्ट्रक्सनलाई राजस्व छुट दिएर सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?