News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताएका छन् ।
- मन्त्री पोखरेलले 'अब हुन लागेको साफ च्याम्पियनसिप फुटबल मिस नहुने हिसाबले तयारी गरिरहेका छौं' भनी उल्लेख गरेका छन् ।
- सरकारले खेलाडीहरूका लागि १० करोड रुपैयाँ नगद पुरस्कार घोषणा गरेको र एसियन गेम्समा जाने खेलाडीका लागि अतिरिक्त खर्चको व्यवस्था गरेको उनले जानकारी दिएका छन् ।
१९ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताएका छन् ।
मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको बताएका हुन् ।
‘बाहिर हेर्दा सरकारले केही गरेको छैन जस्तो पनि लाग्न सक्छ, म मन्त्री भएको हैसियतले फिफासँग निरन्तर कुरा भइरहेको छ र हामी एउटा बाटोतर्फ जाँदै छौं’ मन्त्री पोखरेलले भनेका छन् ।
‘अब हुन लागेको साफ च्याम्पियनसिप फुटबल मिस नहुने हिसाबले तयारी गरिरहेका छौं, त्यो खेलाडीको अधिकार हो’ मन्त्री पोखरेलले थपे ।
उनले अब आउने एन्फाको नेतृत्वमा खेलाडी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने समेत बताए ।
मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफुहरूले छोटो समयमै पूरा गरेको पनि बताए ।
‘अघिल्लो सरकारबाट पुरस्कार घोषणा भएको लामो समयसम्म रकमको व्यवस्था हुन्थेन । हामी आएको चार महिना भयो, हामीले खेलाडीहरूलाई १० करोडको नगद पुरस्कार घोषणा गरेका छौं । वर्षौंसम्म नभएको काम हामीले चार महिनामै गर्न सकेका छौं । खेलाडीहरू खुसी हुनुहुन्छ’ मन्त्री पोखरेलले भने ।
यस्तै एसियन गेम्समा जाने खेलाडीहरूका लागिप यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको उनले बताएका छन् ।
प्रतिक्रिया 4