+
मार्क आन्द्रे टेर स्टेगन :

गोलकिपर टेर स्टेगन लोनमा अयाक्समा अनुबन्ध

२०८३ साउन  १९ गते १८:३२ २०८३ साउन १९ गते १८:३२

डच क्लब अयाक्सले ३४ वर्षीय जर्मन गोलकिपर टेर स्टेगनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगन स्पानिस क्लब बार्सिलोनाबाट एक सिजनका लागि लोनमा डच क्लब अयाक्समा अनुबन्ध भएका छन् ।
  • सन् २०२७ जुन ३० सम्म उनी अयाक्समा रहने गरी दुवै क्लबबीच सम्झौता भएको बार्सिलोनाले जानकारी दिएको छ ।
  • बार्सिलोनाका लागि ४२३ खेल खेलेका टेर स्टेगनले क्लबमा रहँदा २१ ट्रफी जितेका थिए ।

१९ साउन, काठमाडौं । जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगन स्पानिस क्लब बार्सिलोनाबाट लोनमा नेदरल्यान्ड्सको क्लब अयाक्समा अनुबन्ध भएका छन् ।

डच क्लब अयाक्सले ३४ वर्षीय जर्मन गोलकिपर टेर स्टेगनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

सन् २०२७ जुन ३० सम्म टेर स्टेगन अयाक्समा रहने विषयमा दुई क्लबबीच सम्झौता भएको स्पानिस क्लब बार्सिलोनाले जनाएको छ ।

स्पेनकै क्लब जिरोनामा लोनमा केही समय बिताएपछि टेर स्टेगन दोस्रो पटक लोनमा अर्को क्लबमा गएका हुन् । उनी २०२६ फेब्रुअरीमा लोनमा जिरोना पुगेका थिए । जहाँ उनले गत सिजनको दोस्रो हाफ बिताए । चोटका कारण जिरोनामा उनले जम्मा दुई खेल मात्र खेलेका थिए ।

नयाँ सिजन सुरु हुनुअघि उनी डच क्लबमा अनुबन्ध भएका हुन् ।

टेर स्टेगेनले सन् २०१५ मा बार्सिलोनाबाट च्याम्पियन्स लिग उपाधि जितेका थिए भने स्पेनी क्लबका लागि २१ ट्रफी जितेका थिए । जहाँ उनले ४२३ खेल समेत खेलेका थिए ।

बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्नेमा ११औं स्थानमा रहेका गोलकिपर टेर स्टेगन स्टार लियोनल मेसीपछि बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने विदेशी (स्पेन बाहिरका खेलाडी) समेत हुन् ।

जर्मन क्लब बवरुसिया मोन्चेनग्लाडबाक व्यावसायिक करियर सुरु गरेका टेर स्टेगन सन् २०१४ मा बार्सिलोनामा अनुबन्ध भएका थिए । उनले जर्मनीको राष्ट्रिय टिमका लागि ४४ खेल खेलेका छन् ।

PHOTO: AJAX

अयाक्स मार्क आन्द्रे टेर स्टेगन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय