+

‘फुटबल बचाऔं…’ भन्दै खेलाडीहरूको सामूहिक अपिल

२०८३ साउन  २० गते १२:१० २०८३ साउन २० गते १२:१०

यस्तो अवस्थामा नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय टोलीका खेलाडीहरुको सन्देशसहितको सामुहिक भिडियो सार्वजनिक गर्दै नेपाली फुटबल बचाउनुपर्ने आवाज उठाएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला तथा पुरुष फुटबल खेलाडीहरूले अखिल नेपाल फुटबल संघको निलम्बनका कारण उत्पन्न संकट समाधान गर्दै फुटबल बचाउन सामूहिक अपिल गरेका छन् ।
  • फिफाद्वारा एन्फा निलम्बनमा परेपछि खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भविष्य अन्योलमा परेकाले तत्काल निकासका लागि सरोकारवाला निकायहरूसँग उनीहरूले माग गरेका छन् ।
  • खेलकुद मन्त्री सस्मित पोखरेलले निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर सम्पर्कमा रहेको र समस्या समाधानको प्रयास भइरहेको जानकारी दिनुभएको छ ।

२० साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला र पुरुष टिमका खेलाडीहरुले नेपाली फुटबल बचाऔं भन्दै सामूहिक अपिल गरेका छन् ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा छ र नेपाली फुटबल गतिविधि शून्य छ भने खेलाडी प्रशिक्षक रेफ्री लगायतको भविष्य अन्योलमा छ ।

यस्तो अवस्थामा नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय टोलीका खेलाडीहरुको सन्देशसहितको सामुहिक भिडियो सार्वजनिक गर्दै नेपाली फुटबल बचाउनुपर्ने आवाज उठाएका छन् ।

उनीहरूले फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल सरकारसँग नेपाली फुटबल बचाउन पहल गरिदिन आग्रह गरेका छन् ।

फुटबल खेलाडी संघले सार्वजनिक गरेको सामुहिक भिडियोमा राष्ट्रिय टिमका अधिकांश खेलाडीको सन्देश समावेश छ । जसमा रोहित चन्ददेखि पुरुष खेलाडीहरु छन् भने महिला टिमका सावित्रा भण्डारी, एन्जिला तुम्बापो लगायतको सन्देश छ ।

तर राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ भने त्यस भिडियोमा समावेश छैनन् र उनले छुट्टै भिडियो सन्देश आफ्नो फेसबुकमा सेयर गरेका छन् जसमा रोहित चन्द र महिला टिमकी सदस्य प्रीति राईको सन्देश पनि समावेश गरिएको छ ।

हाल कतारमा रिह्याब गराइरहेकी महिला टोलीकी कप्तान सावित्राले भिडियोको सुरुमै शीर्ष डिभिजनको लिग नहुँदा खेलाडीहरु प्रभावित बनेको उल्लेख गरेकी छिन् भने अन्तिममा सनिश श्रेष्ठले आफूहरुलाई फुटबल खेल्ने अवसर चाहिएको र आफ्ना सपनालाई बचाइराख्ने अवसरको माग गरेका छन् ।

फुटबलसँग जोडिएका खेलाडी देखि प्रशिक्षक रेफ्रीहरु धेरैको करियर सकिन लागेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् र फिफादेखि नेपालसम्मका सम्बन्धित निकायहरुलाई यस विषयमा छिटो समाधान गर्न आग्रह गरेका छन् ।

एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै विश्व पुटबलको सर्वोच्च निकाय फिफाले २५ जनुमा एन्फालाई निलम्बन गरेको छ । अर्को सूचना नआएसम्मका लागि निलम्बन कायम रहने फिफाले जनाएको छ ।

एन्फा निलम्बनमा हुँदा नजिकँदै गरेको साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अन्योलमा छ । साफ बंगलादेशमा नोभेम्रब ४ देखि सुरु हुँदैछ  रत्यसका लागि ड्र भइसकेको छ । नेपाल ड्र मा समावेश छैन । तर सेप्टेम्बर १ सम्म फिफाबाट निलम्बन फुकुवा भएमा नेपालले समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्न पाउनेछ ।

यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीरुहसँग अन्तरक्रियामा निलम्बन फुकुवाका लागि फिफासँग सम्पर्कमा रहेको र निकास निकाल्ने प्रयास गरिरहेको बताएका थिए ।

यस्तै फुटबलर्स मिसन टुगेदरले पनि नेपाली फुटबलको विवाद समाधान गर्नका लागि तदर्थ समिति गठन गर्नुपर्ने भन्दै फिफा अध्यक्षलाई पत्र लेखेको छ र आफूहरु मध्यस्थता गर्न तयार रहेको जनाएको छ ।

एन्फा नेपाल फुटबल फिफा फुटबल खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय