+

फिफा अध्यक्ष इन्फान्टिनोले बोलाए आकस्मिक बैठक

२०८३ साउन  २० गते १३:१७ २०८३ साउन २० गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मोरक्कोमा वरिष्ठ पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् ।
  • फिफाका ग्लोबल रणनीति तथा सुशासन सल्लाहकार कार्लोस कोर्डेरोले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक योजना फिर्ता लिएपछि उत्पन्न विवाद समाधान गर्न बुधबार मोरक्कोमा वरिष्ठ पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् ।

फिफाको व्यावसायिक तथा प्रतियोगिता सञ्चालनसम्बन्धी अधिकार निजी संस्थालाई हस्तान्तरण गर्ने उद्देश्यले ल्याइएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ योजना व्यापक आलोचनापछि रद्द गरिएको थियो ।

बीबीसीका अनुसार बैठकमा फिफाका महासचिव माटियास ग्राफस्ट्रोम, प्रमुख वित्त अधिकृत थोमस पेयर, कानुनी प्रमुख एमिलियो गार्सिया सिल्भेरो, प्रमुख सदस्य संघ प्रमुख एल्खान मम्मादोभ, सञ्चार निर्देशक ब्रायन स्वान्सनलगायत शीर्ष अधिकारी सहभागी हुनेछन् ।

फिफाका प्रमुख ग्लोबल फुटबल विकास अधिकारी तथा आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेङ्गरले योजना फिर्ता लिनु अत्यावश्यक र सही निर्णय भएको बताएका छन् ।

उनले उक्त योजनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूले यसको जानकारी सञ्चारमाध्यमबाट मात्रै पाएको उल्लेख गरेका छन् । वेङ्गरले फिफाले पारदर्शिता, इमानदारी र स्वतन्त्रताका आधारमा फुटबलको सेवा गर्नुपर्ने बताएका छन् ।

यता महासचिव ग्राफस्ट्रोमले आन्तरिक इमेलमार्फत पछिल्लो घटनाक्रमलाई ‘दुःखद र निन्दनीय’ भन्दै टिप्पणी गरेका छन् ।

जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अलीले भने पुरस्कार रकम रोक्का राख्ने र इन्फान्टिनोको पुनःनिर्वाचनलाई समर्थन गर्न दबाब दिने शैलीलाई ‘ब्ल्याकमेल’ सरह भएको आरोप लगाएका छन् ।

यसै विवादका बीच फिफाका ग्लोबल रणनीति तथा सुशासन सल्लाहकार कार्लोस कोर्डेरोले पदबाट राजीनामा दिएका छन् । उनले उक्त योजनालाई ‘फुटबलका लागि खराब सम्झौता’ भन्दै यसले ‘फुटबलको भविष्य धितो राख्ने’ टिप्पणी गरेका थिए ।

युरोपेली फुटबल महासंघ (युइएफए) ले पनि योजनासम्बन्धी कागजात सुरक्षित राख्न भन्दै फिफालाई कानुनी कारबाहीको चेतावनी दिएको छ ।

-बीबीसीबाट

जियानी इन्फान्टिनो फिफा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय