News Summary
Generated by OK AI. Editorially reviewed.- समाज कल्याण परिषद्ले ११५ दिनपछि भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ।
- पुस्तकालयमा करीब ३ करोड रुपैयाँ भाडा वक्यौता रहे पनि संवेदनशीलतालाई मध्यनजर गर्दै ताला खोलिएको हो।
- आन्तरिक सरसफाइ र व्यवस्थापन कार्य सकिएपछि आगामी २५ गतेदेखि पाठकका लागि पुस्तकालय खुला गरिनेछ।
२० साउन, काठमाडौं । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ ।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो ।
पुस्तकालयको करिव ३ करोड रुपैयाँ भाडा वक्यौता रहेको जनाउँदै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो ।
यद्यपि, वक्यौता बाँकी नै रहेको अवस्थामा पनि पुस्तकालयको संवेदनशीलतालाई मध्यनजर गर्दै आज ताला खोलिएको हो ।
पुस्तकालय प्रशासनकाअनुसार हाल आन्तरिक सरसफाई तथा व्यवस्थापकीय कार्यहरू भइरहेका छन् ।
लामो समय बन्द रहेका कारण पुस्तकहरूको व्यवस्थापन र सरसफाइका लागि केही दिन लाग्ने भएकाले आगामी २५ गतेदेखि मात्र पाठकहरूका लागि पुस्तकालय खुला गरिने योजना बनाइएको छ ।
व्यवस्थापकीय कार्य सम्पन्न भएपछि आगामी २५ गतेदेखि पाठकहरूले नियमित रूपमा सेवा लिन सक्नेछन् ।
प्रतिक्रिया 4