+
+
Shares

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा रौतहटमा

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५.७ मिलिमिटर वर्षा मापन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको अगस्ट महिनामा औसतभन्दा कम वर्षा भएको छ ।
  • अगस्ट महिनाको औसत ४३७.६ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म जम्मा ५८.२ मिलिमिटर मात्र वर्षा मापन गरिएको छ ।
  • विभागले मनसुन सक्रिय रहेकाले आगामी केही दिन नदी तथा खोला आसपास सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

२० साउन, काठमाडौँ । मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५.७ मिलिमिटर वर्षा मापन भएको छ ।

विभागका अनुसार देशका ४२९ वर्षा मापन केन्द्रमध्ये २११ केन्द्रमा वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटको सङ्गोलीमा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस अवधिमा सबैभन्दा बढी अधिकतम तापक्रम सिरहाको लहानमा ३६.० डिग्री सेल्सियस र सबैभन्दा कम न्यूनतम मनाङको हुम्डेमा १०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अगस्ट महिनाको औसत वर्षा ४३७.६ मिलिमिटर रहेकोमा हालसम्म जम्मा ५८.२ मिलिमिटर वर्षा मात्र मापन भएको छ ।

हाल मनसुन सक्रिय रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी नियमित सूचना अनुशरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?