+
+
Shares

सेतीदोभान दुर्घटना अपडेट : घाइते दुवै जनाको पहिचान खुल्यो

प्रहरीका अनुसार घाइते हुनेमा लमजुङको राइनस गाउँपालिका-४ का ५० वर्षीय बलराम पराजुली र  गोर्खाको सिराञ्चोक गाउँपालिका-१ का २० वर्षीय प्रशान्त घिमिरे रहेका छन् । घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्ति हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन–नारायणगढ सडकखण्डको सेतीदोभानमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
  • घाइते हुनेमा लमजुङका ५० वर्षीय बलराम पराजुली र गोर्खाका २० वर्षीय प्रशान्त घिमिरे रहेका छन्।
  • दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई पूर्णरूपमा नष्ट भएको छ भने ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

२० साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सेतीदोभानमा मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा लमजुङको राइनस गाउँपालिका-४ का ५० वर्षीय बलराम पराजुली र  गोर्खाको सिराञ्चोक गाउँपालिका-१ का २० वर्षीय प्रशान्त घिमिरे रहेका छन् । घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्ति हुन् ।

घाइते दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ना ६ ख ४०९२ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ट्रकको भने अगाडिको भागमा कुच्चिएर क्षति पुगेको प्रहरीले जनाएको छ ।

ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ३२ वर्षीय राजु बिक प्रहरी नियन्त्रणमा रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?