News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशको ढाकामा पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारी आवास गणभवनलाई जुलाई जनविद्रोह स्मारक संग्राहलयका रूपमा उद्घाटन गरिएको छ ।
- सन् २०२४ को जुलाई–अगस्त महिनामा भएको छात्र आन्दोलनमा मारिएका नागरिकको सम्झनामा अन्तरिम सरकारले संग्राहलयको स्थापना गरेको हो ।
- संयुक्त राष्ट्रको प्रतिवेदन अनुसार उक्त आन्दोलनका क्रममा सुरक्षा बलले अत्यधिक बल प्रयोग गर्दा १४ सय नागरिकको मृत्यु भएको थियो ।
२० साउन, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारी आवास ‘गणभवन’ लाई ‘जुलाई जनविद्रोह स्मारक संग्रहालय’ बनाइएको छ ।
बुधबार ‘गणभवन’मा ‘जुलाई जनविद्रोह स्मारक संग्रहालय’को उद्घाटन गरिएको छ । जुलाई–अगस्त २०२४ को छात्र आन्दोलनका दौरान मारिएका नागरिकको सम्झनामा संग्रहालय बनाइएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकाको शेर–ए–बांग्ला नगरस्थित गणभवनमा संग्रहालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रम ५ अगस्टकै दिन आयोजना गरिएको छ । सन् २०२४ मा आजकै दिन शेख हसिना देश छाडेर भारत आएकी थिइन् ।
संयुक्त राष्ट्र मानवाधिकार कार्यालयको फेब्रुअरी २०२५ को प्रतिवेदन अनुसार १५ जुलाईदेखि १५ अगस्ट २०२४ को बीचमा भएको छात्र आन्दोलन (जुलाई जनविद्रोह) का दौरान १४ सय नागरिकको मृत्यु भएको थियो ।
प्रतिवेदनमा हसिना सरकारले प्रदर्शनकारी विरुद्ध सुरक्षा बल मार्फत अत्यधिक बल प्रयोग गरेको उल्लेख थियो । सरकारी नोकरीमा आरक्षण व्यवस्थालाई लिएर सुरु भएको विरोध प्रदर्शनपछि शेख हसिना ५ अगस्ट २०२४ मा देश छाड्नु परेको थियो ।
त्यसको तीन दिनपछि मोहम्मद युनुसले अन्तरिम सरकारका मुख्य सल्लाहकारका रूपमा जिम्मेवारी सम्हालेका थिए । संग्रहालयको स्थापना र गणभवन संरक्षित गर्ने प्रक्रियाको सुरुआत युनुस नेतृत्वको अन्तरिम सरकारले गरेको थियो ।
प्रतिक्रिया 4