News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद क्षितिज थेबेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई रोजगार सम्झौताबारे स्पष्ट जानकारी दिन प्रभावकारी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
- उहाँले भिजिट भिसामा विदेश पुगेर अलपत्र परेका श्रमिकलाई कानूनी सुरक्षा प्रदान गर्न यूएईस्थित नेपाली नियोगमार्फत श्रम स्वीकृति दिने प्रक्रिया तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
- सांसद थेबेले श्रमिकको सुविधाका लागि श्रम स्वीकृति र सामाजिक सुरक्षा कोषको सेवालाई एकीकृत प्रणालीमार्फत उपलब्ध गराउन सरकारलाई सुझाव दिनुभयो ।
२० साउन, काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रभावकारी रूपमा अभिमुखीकरण गर्नुपर्ने आवश्यक्ता देखिएको बताएका छन् ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उहाँले श्रमिकहरू रोजगार सम्झौता (एग्रिमेन्ट) नै नपढी विदेश पुग्ने अवस्था रहेको बताएका हुन् ।
श्रमिकहरूलाई सम्झौताका आधारभूत विषयहरू राम्रोसँग बुझाएर मात्रै रोजगारीको लागी पठाउनुपर्ने उनले बताए ।
भिजिट भिसामा श्रमको लागी मानिसहरू गएर अलपत्र पर्ने गरेको पनि उनले बताए ।
भिजिट भिसामा युएई लगायतका देशमा पुगेका नेपाली श्रमिकहरू श्रम स्वीकृति र कानुनी सुरक्षाबिनै जोखिममा काम गरिरहेको उल्लेख गरे ।
यूएईस्थित नेपाली नियोगमार्फत भिजिट भिसामा पुगेकालाई श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएपनि अहिलेसम्म कार्यान्वयन नभएकोले त्यसलाई तत्काल अघि बढाउन उनले आग्रह गरे ।
उहाँले आग्रह गर्नुभयो । सांसद थेबेले श्रम स्वीकृति नवीकरण र सामाजिक सुरक्षा कोष (एसएसएफ)लाई एकीकृत गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । एउटै प्रणालीबाट दुवै सेवा उपलब्ध गराएमा श्रमिकले अनावश्यक झन्झट र विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हट्ने उहाँको भनाई छ । उहाँले सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत व्यवस्थित रूपमा घरेलु श्रमिक पठाउने व्यवस्था गर्न सकिने सुझाव पनि दिनुभयो ।
‘एउटा लेबर एग्रिमेन्ट गरेको सम्झौता पनि नपढी त्यहाँ पुगेपछि कस्तो ओरिएन्टेसन क्लास दिन हामीले सुचारु गरिराखेका छौं ? मन्त्रालयले के गरिराखेको छ ? कस्तो शिक्षित बनाउँदो रहेछौँ त ? उसलाई त बाह्र सय एग्रिमेन्ट गरेको पनि थाहा छैन, उता गएर आठ सय एग्रिमेन्ट गरेको पनि थाहा छैन । अझ उताको भाषामा एग्रिमेन्ट गराइदिएपछि त कहाँबाट बुझ्ने हैन ? यो कुराहरू पनि ओरिएन्टेसन भित्र हामीले गरेका छौँ भने यो चिजलाई अलिकति व्यवस्थित गर्नुपर्ने देखिएको छ । अझ धेरै हाम्रा श्रमिकहरूलाई धेरै नै शिक्षित बनाएर अगाडि बढ्नुपर्ने छ,’ थेबेले भने ।
उनले वैदेशिक रोजगारीमा नेपाली श्रमिकको मृत्यु बढ्दो संख्यामा रहेको बताए ।
प्रतिक्रिया 4