News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो मेटाले त्रुटिवश हटाएपछि मेटाका वरिष्ठ कार्यकारीले भारत सरकारसमक्ष औपचारिक रूपमा माफी मागेका छन्।
- भारतीय संसदीय प्यानलले माफी नमागे कारबाही गर्ने चेतावनी दिएपछि मेटाका प्रतिनिधिले आईटी मन्त्री अश्विनी वैष्णवसँग भेट गरी माफी मागेका हुन्।
- मेटाले प्रधानमन्त्री मोदीको भिडियो प्राविधिक त्रुटिका कारण हटेको भन्दै पछि प्लेटफर्ममा पुनःस्थापित गरिएको स्पष्ट पारेको छ।
२० साउन, काठमाडौं । अघिल्लो महिना फेसबुकबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो छोटो समयका लागि हटाइएकोमा फेसबुक (मेटा)का एक वरिष्ठ कार्यकारीले बुधबार माफी मागेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतको संसदीय प्यानलले मेटा प्रमुख मार्क जुकरबर्गलाई प्रधानमन्त्री मोदीको भिडियो हटाएकोमा माफी माग्न तीन दिनको समय दिएको थियो ।
माफी नमागे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको केही घण्टापछि मेटाका अधिकारीको सन्देश आएको हो ।
फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी मेटाका वरिष्ठ विश्वव्यापी कार्यकारीहरूको आईटी मन्त्री अश्विनी वैष्णवसँगको बैठकमा मेटाका शीर्ष अधिकारीले माफी मागेको यस विषयमा जानकार व्यक्तिहरूले बताएका छन्।
मेटाका ग्लोबल अफेयर्स अफिसर जोएल कपलान वैष्णवलाई भेट्ने टोलीको सदस्य थिए र उनले आईटी सचिव एस कृष्णनसँग छुट्टै भेटघाट पनि गरेका थिए।
प्रधानमन्त्री मोदीको भिडियो हटाएकोमा माफी माग्नुका साथै, भाजपा सांसद निशिकान्त दुबेको नेतृत्वमा रहेको सूचना प्रविधिसम्बन्धी संसदीय स्थायी समितिले बाल यौन दुर्व्यवहार सामग्री, महिलाविरुद्ध अपमानजनक सामग्री राख्ने मध्यस्थकर्ता प्लेटफर्महरू विरुद्ध कारबाहीको माग पनि गर्यो।
भारतीय युवाहरूलाई सम्बोधन गर्दै र पेपर चुहावट विरुद्ध कडा कारबाही गर्ने वाचा गर्दै प्रधानमन्त्री मोदीले हालै गरेको फेसबुक पोस्ट प्लेटफर्ममा छोटो समयको लागि प्रतिबन्धित भएपछि भारत सरकारले मेटाको ध्यानार्षण गराएको थियो। मेटाले सामग्री त्रुटिवश हटाइएको र पछि प्लेटफर्ममा पुनर्स्थापित गरिएको बताएको छ।
प्रतिक्रिया 4