+
+
Shares

मिलेनियम स्कुलमा जलेकी बालिकको उपचारको क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ७:०१

२० साउन,पाल्पा  । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

उक्त स्कुलमा एलकेजीमा अध्यनरत ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा बुधबार काठमाडौंमा मृत्यु भएको हो ।

गत साउन ७ गते दिउँसो विद्यार्थीले खाजा खाने क्रममा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा परी घाइते बानुलाई तानसेनको युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि तत्काल हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो ।

उनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । बानुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  तर, बुधबार दिउँसो उनको ज्यान गयो । पारिवारभित्रका एक सदस्यले जानकारी दिए ।

आगलागीबाट साजुदाको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्मको गरी करिब ३५ प्रतिशत शरीरको भाग जलेको चिकित्सक जनाएका थिए । उनीसंगै खाजा खादा अन्य दुई जना विद्यार्थी पनि सामान्य घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?