+

नेपाल र न्युजिल्यान्ड ‘ए’ बीच एकदिवसीय खेल हुने

२०८३ साउन  २१ गते ७:५८ २०८३ साउन २१ गते ७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले आउँदो सेप्टेम्बर ६ मा अस्ट्रेलियाको डार्विनमा न्युजिल्यान्ड 'ए' विरुद्ध अभ्यास एकदिवसीय खेल खेल्ने निश्चित भएको छ ।
  • न्युजिल्यान्ड क्रिकेट बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार उक्त खेल मरारा क्रिकेट ग्राउन्ड–२ मा हुने भएको छ ।
  • अन्तर्राष्ट्रिय अनुभव भएका १३ खेलाडी सम्मिलित न्युजिल्यान्ड 'ए' टोलीसँगको यो खेल नेपालका लागि आगामी प्रतियोगिताको तयारीका हिसाबले निकै महत्वपूर्ण छ ।

२१ साउन, काठमाडौं । आउँदो सेप्टेम्बरमा नेपाली क्रिकेट टोलीले न्युजिल्यान्ड ए सँग अभ्यास एकदिवसीय खेल खेल्ने भएको छ ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार सामाजिक सञ्जालमार्फत टप एन्ड टी-२० सिरिजका लागि टोली घोषणा गर्ने क्रममा त्यसपछि अभ्यास एकदिवसीय खेल्ने तय रहेको जनाएको छ ।

तालिकाअनुसार न्युजिल्यान्ड ‘ए’ ले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया, सेप्टेम्बर ४ मा तास्मानिया र सेप्टेम्बर ६ मा नेपालसँग खेल्नेछ। तीनवटै खेल अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड–२ मा हुनेछन् ।

त्यसअघि न्युजिल्यान्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म हुने एनटी टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ देखि सुरु भएको उक्त प्रतियोगितामा यसपटक नौ टोली सहभागी हुनेछन् ।

टप एन्ड सिरिजमा नेपालले खेल्ने खेलहरूको तालिका सार्वजनिक भइसकेको छ ।

न्युजिल्यान्ड ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएका १३ खेलाडी समावेश छन् । टोलीमा क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनोक्स र बेन लिस्टरजस्ता ब्ल्याकक्याप्सबाट खेलिसकेका खेलाडी रहेका छन् ।

यीमध्ये केही खेलाडीले गत महिना वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खलामा पनि न्युजिल्यान्डको प्रतिनिधित्व गरेका थिए ।

नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका हिसाबले महत्वपूर्ण हुनेछ ।

अभ्यास एकदिवसीय खेल नेपाली क्रिकेट टोली न्युजिल्यान्ड ए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय