+
+
Shares

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ९:४९

२१ साउन, काठमाडौं । संखुवासभामा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् ।

संखुवासभाको मकालु गाउँपालिका ५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रुपमा काम गर्ने निरौला साथीहरु सँगै खाना खाई हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलामा बगेका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका–११ मिल टोलमा हिजो साँझ धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव बेपत्ता भएका छन् । बाँसको अस्थायी पुल तर्ने क्रममा हिजो साँझ साढे पाँच बजे उनी चिप्लिएर खोलामा खसेका थिए । उनको खोजी भइरहेको अस्थायी प्रहरी चौकी तनमुना सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?