+
+
Shares

संखुवासभामा खाेलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १२:३८
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको मकालु गाउँपालिका-५ स्थित सिमली खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बगेर बेपत्ता भएका छन्।
  • बुधबार राति ११ बजे सहकर्मीहरूसँग आवासतर्फ फर्किँदा खोलाले बगाएपछि बेपत्ता भएका निरौलाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ खटिएको छ।

२१ साउन, संखुवासभा । संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् ।

गएराति मकालु -५ मा रहेकाे सिमली खाेला तर्ने क्रममा खाँदबारी नगरपालिका -१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

खाएर साथीहरूसँगै हाइड्रोको आवासमा फर्कने क्रममा बुधबार राति ११ बजे सुपरभाइजर निराैलालाई खोलाले बगाएर बेपत्ता भएका हुन् ।

हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम पश्चिम आठबिकाेट नगरपालिका – १० का दिनेश विश्वकर्मा र इलाम जिल्लाकाे इलाम नगरपालिका -१ का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँ तर्फ जादै गरेका निराैलालाई खाेलाले बगाएकाे थियो ।

बेपत्ता भएका निराैलाकाे प्रहरी र स्थानीयकाे सहयोग खाेजी कार्य भइरहेकाे छ । घटना स्थल नुम प्रहरी चाैकीबाट २० किलाेमिटर पूर्वमा पर्दछ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र यादवको टाेली घटना स्थल सिमली खाेला तर्फ लागेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?