+
+
Shares

सात लाख बढीको मदिरासहित २ भारतीय पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणको मदिरासहित पाल्पा प्रहरीले एउटा भारतीय कार र दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पा प्रहरीले भारतबाट अवैध रूपमा मदिरा ओसारपसार गरिरहेको अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीले तिनाउ गाउँपालिकाको पैठेडाँडा चेकपोष्टमा जाँच गर्ने क्रममा यूपी ३२ एसटी ४२८६ नम्बरको कारसहित सात लाख एकाउन्न हजार दुई सय रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ।
  • पक्राउ परेका भारतीय नागरिकहरू र बरामद गरिएको सवारी साधनमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए।

२२ साउन, पाल्पा । भारतबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणको मदिरासहित पाल्पा प्रहरीले एउटा भारतीय कार र दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

बुधबार राति करिब ११ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका, ३ स्थित पैठेडाँडा चेकपोष्टमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कार चालक भारतको लखनउ बस्ने ३७ वर्षीय एमा मोदिन र सोही कारमा सवार ४३ वर्षीय शिवनाथ मौर्या रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको यूपी ३२ एसटी४२८६ नम्बरको कारबाट ७५३ बोतल अवैध मदिरा बरामद भएको जनाएको छ।

बरामद गरिएका मदिरामा ७५० एमएलको वर्ल्ड मंक, ५ सय ११ बोतल र ७५० एमएल कै १२ बोतल सिङ्नेचर मदिरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएको मदिराको अनुमानित बजार मूल्य करिब सात लाख एकाउन्न हजार दुई सय रुपैयाँ रहेको छ।

बरामद गरिएको मदिरा, सवारी साधन र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी दोभानको नियन्त्रणमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पाल्पा प्रहरीका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?