२२ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट आदिवासी जनजाती महासंघको दोस्रो राष्ट्रिय सम्मेलन शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको छ । कांग्रेस सभापति गगन थापासहितका नेताको उपस्थितिमा महासंघको राष्ट्रिय सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन सत्रमा सभापति थापा, महामन्त्री प्रदीप पाैडेल, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायतका नेताले सम्बोधन पनि गरेका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा महासंघका पदाधिकारी तथा सदस्यहरू आदिवासी जनजातीको मौलिक पहिरनमा सजिएर उपस्थित थिए । कार्यक्रममा केही सांस्कृतिक प्रस्तुति पनि राखिएका थिए ।













तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4