+
+
Shares
बक्सअफिस :

‘स्पाइडर-म्यान’ बन्यो नेपालमा धेरै कमाउने दशौं विदेशी फिल्म, कमायो साढे ११ करोड

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १४:५०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ले प्रदर्शनको नौ दिनमा नेपाल बक्सअफिसमा ११ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • यो कमाइसँगै फिल्म नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्मको दशौं स्थानमा उक्लिएको छ।
  • सप्ताहन्तमा अन्य ठूला फिल्म नभएकाले फिल्मले केही दिनभित्रै ‘कान्तारा १’ को १२ करोड ३५ लाखको कमाइलाई उछिन्ने अनुमान गरिएको छ।

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ले नेपालमा उछाल कमाइ गरेको छ । प्रदर्शनको ९ दिन शुक्रबार दिउँसोसम्म फिल्मले नेपाल बक्सअफिसमा ११ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

यो फिल्म नेपालमा ३० जुलाई (१४ साउनको बिहीबार) प्रदर्शनमा आएको थियो । फिल्म एक साताभित्रै १० करोड क्लबमा प्रवेश गरेको थियो ।

यो कमाइसँगै टम हल्यान्ड स्टारर फिल्म नेपाली बक्सअफिसमा सर्वकालिन धेरै कमाउने विदेशी फिल्मको दशौं स्थानमा समावेश भएको छ । फिल्मले ‘धुरन्धर’को १० करोड ५२ लाख रुपैयाँ ग्रसलाई उछिनेको छ ।

यही गति कायम रहे फिल्मले नवौं स्थानमा रहेको ‘कान्तारा १’ को कमाइ १२ करोड ३५ लाखलाई उछिन्नेछ । यो सप्ताहन्तमा पनि अन्य ठूला फिल्म नभएकाले पनि स्पाइडर–म्यानको बक्सअफिसको वर्चस्व हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?