+
+
Shares

विराटनगर छापाबारे प्रहरी हेडक्वाटरले भन्यो- सूचना भेरिफाइमा कमजोरी भयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको छापा प्रकरणमा सूचनाको विश्लेषण र प्रमाणीकरणमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले स्वीकार गरेको छ ।
  • प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले शुक्रबार पत्रकार सम्मेलनमा 'सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन' भन्नुभयो ।
  • प्रहरी प्रधान कार्यालयले व्यवसायी मुदण्डाको घरमा छापा मार्नुको कारणसहित लिखित जवाफ पेस गर्न जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधेको छ ।

२२ साउन, काठमाडौं । विराटनगरस्थित व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हानेको विषयमा सूचनाको भेरिफाइमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन् ।

‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले भने ।

मुदण्डाको घरमा छापा हानेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण समेत सोधेको थियो ।

व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्नुका कारणसहित लिखित जवाफ पेस गर्न भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?