+
+
Shares

करिब साढे ४ प्रशितले बढ्यो अपराध, एक वर्षमा ६१ हजार मुद्दा दर्ता

साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी, वैदेशिक रोजगारीमा ठगी जस्ता अपराधमा बढोत्तरी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा देशभर अपराधका घटना ४ दशमलव ३५ प्रतिशतले वृद्धि भएका छन्।
  • आर्थिक वर्ष २०८२/८३ मा प्रहरीमा ६१ हजार १६ मुद्दा दर्ता भएका छन् भने गत वर्ष यो संख्या ५८ हजार ४७२ थियो।
  • केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी र वैदेशिक रोजगारीसँग सम्बन्धित मुद्दामा बढोत्तरी भएको बताएका छन्।

२२ साउन, काठमाडौं । देशभर अपराधमा वृद्धि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अनुसार ४ दशमलव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।

शुक्रबा प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले अपराधमा वृद्धि भएको बताए ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका प्रहरी कार्यालयमा गरी ६१ हजार १६ मुद्दा दर्ता भएका छन् । जबकि आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ५८ हजार ४७२ थियो ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा ४ दशमदव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५९ हजार २०३ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएका थिए ।

साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी, वैदेशिक रोजगारीमा ठगी जस्ता अपराधमा बढोत्तरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?