२२ साउन, काठमाडौं । एक वर्षमा एक हजार ८४८ प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८४८ प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी आचरणविपरीत काम रहेको, व्यवसायिकता नदेखिएको, प्रहरी नियमावलीमा उल्लेख भएका प्रावधानविपरीत गतिविधि गरेकाजस्ता आरोपमा ती प्रहरी कर्मचारीलाई कारबाही गरिएको हो ।
कारबाही पर्नेमा कार्यालय सहयोगीदेखि डीआईजी दर्जासम्मका अधिकारी रहेको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए ।
५३ कार्यालय सहयोगी, ८६६ प्रहरी जवान, ३५६ प्रहरी सहायक हवल्दार, २६२ हवल्दार, ६१ वरिष्ठ हवल्दार, १३९ असई, ५२ सई, १७ वरिष्ठ सई, ३३ इन्स्पेक्टर, ३ डीएसपी, ३ एसपी, २ एसएसपी र १ डीआईजी कारबाहीमा परेका छन् ।
प्रतिक्रिया 4