+
+
Shares

म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

संघले माग सम्बोधन नभएसम्म म्यानपावरले आफ्ना कार्यालयको तालाचाबी सरकारलाई बुझाउने र त्यतिगर्दा पनि माग सम्बोधन नभए १ भदौदेखि कार्यालय बन्द गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग राखेका १५ बुँदे माग पूरा नभएको भन्दै आजदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
  • संघले आज रातिदेखि वैदेशिक रोजगार विभागबाट प्रदान गरिने पूर्व र अन्तिम श्रम स्वीकृतिसहितका सम्पूर्ण सेवा नलिने निर्णय गरेका छन् ।
  • व्यवसायीले माग सम्बोधन नभए आगामी १ भदौदेखि कार्यालय बन्द गरी वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य पूर्ण रूपमा रोक्ने चेतावनी दिएका छन् ।

२२ साउन, काठमाडौं । म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सरकारसँग ७ साउनमा अघि सारेका १५ बुँदे माग सम्बोधन नगरिएको ‍भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

संघले आज रातिदेखि वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा नलिने घोषणा गरेको छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले माग सम्बोधन नभएसम्म सरकारले दिने सेवा सुविधा नलिने बताए ।

विभागले पूर्व र अन्तिम श्रम स्वीकृति, विज्ञापन, मागपत्र प्रमाणीकरण लगायत सेवा प्रदान गर्दै आएको छ । संघले माग सम्बोधन नहुँदासम्म यी सेवा नलिने घोषणा गरेको हो ।

त्यस्तै आन्दोलन क्रममा पनि सरकार तथा सरोकारवाला निकायसँग वार्ता तथा छलफल जारी राख्ने बस्नेतले बताए । चरणबद्ध आन्दोलन घोषणा गरेको संघले माग सम्बोधन नभएसम्म म्यानपावरले आफ्ना कार्यालयको तालाचाबी सरकारलाई बुझाउने र त्यतिगर्दा पनि माग सम्बोधन नभए १ भदौदेखि कार्यालय बन्द गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताए ।

वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीलाई कारबाही गरेको थियो ।

संघले उक्त कारबाही फिर्ता लिनुपर्ने, श्रमिकको पारदर्शी लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क तोकिनुपर्ने, श्रमिक लक्षित श्रम गन्तव्य मुलुकको हवाई भाडादर न्यूनीकरण र कृत्रिम अभाव सिर्जना अन्त्य गर्नुपर्ने लगायत माग अघि सारेका छन् ।

संघ अध्यक्ष डिकबहादुर खत्रीले आजसम्म श्रम स्वीकृति लिइसकेकाको हकमा १ भदौसम्म वैदेशिक रोजगारीमा पठाइसक्न  समय दिइएको बताए । आन्दोलन क्रममा श्रमिक पठाउने म्यानपावर व्यवसायीलाई संघको सदस्य संस्थाबाट हटाउने चेतावनी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?