+
+
Shares

लाभांश घोषणा गर्नेमा पहिलो बन्यो कामना सेवा विकास बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
  • बैंकले अग्राधिकार सेयरधनीहरूका लागि ९ प्रतिशत लाभांश दिने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।
  • नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश सेयरधनीहरूले प्राप्त गर्नेछन् ।

२२ साउन, काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभाशं घोषणा गरेको छ । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामध्ये लाभांश घोषणा गर्नेमा कामना सेवा विकास पहिलो भएको छ ।

बैंकले अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिबाट असार मसान्तसम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत वितरण गरेको थियो ।

बैंकको शुक्रबार दिनको ४ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?