+
+
Shares

बढी अपराध हुनेको पहिलो नम्बरमा बैंकिङ कसुर, तेस्रोमा आत्महत्या

प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा भएका अपराधको विश्लेषण गरेको छ । जसमा सबैभन्दा बढी अपराध हुनेको पहिलो नम्बरमा बैंकिङ कसुर उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १२ हजार ९५० उजुरीसहित बैंकिङ कसुर सबैभन्दा बढी हुने अपराधको पहिलो सूचीमा परेको छ।
  • गत आर्थिक वर्षको तुलनामा देशभरका प्रहरी कार्यालयमा दर्ता हुने कुल अपराधमा ४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ।
  • आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक हितविरुद्ध ८ हजार ७०७ र आत्महत्याका ६ हजार १९७ मुद्दा दर्ता भएका छन्।

२२ साउन, काठमाडौं । सबैभन्दा बढी अपराध हुनेको पहिलो नम्बरमा बैंकिङ कसुरसम्बन्धी अपराध रहेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा भएका अपराधको विश्लेषण गरेको छ । जसमा सबैभन्दा बढी अपराध हुनेको पहिलो नम्बरमा बैंकिङ कसुरको उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी १२ हजार ९५० को संख्यामा बैंकिङ कसुरको उजुरी दर्ता भएको छ ।

त्यसपछि बढी अपराध हुनेमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर छ । यो कसुर अन्तर्गत ८ हजार ७०७ मुद्दा दर्ता भएका छन् । तेस्रामा भने आत्महत्या छ । आर्थिक वर्ष २०८२/८३ मा ६ हजार १९७ जनाले आत्महत्या गरेका छन् ।

त्यसपछि क्रमश लागु औषध, साधारण चोरी, जबरस्ती करणी, ठगी–आपराधिक विश्वासघा तथा लाभ, सवारी ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रवको कसुर छन् ।

त्यसैगरी करिब साढे ४ प्रतिशतले अपराध वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अनुसार ४ दशमलव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका प्रहरी कार्यालयमा गरी ६१ हजार १६ मुद्दा दर्ता भएका छन् । जबकि आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ५८ हजार ४७२ थियो ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा ४ दशमदव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५९ हजार २०३ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?