+

लियोनल मेसीका पिताको निधन

२०८३ साउन  २३ गते २०:५८ २०८३ साउन २३ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ ।
  • इन्फोबाएका अनुसार रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा स्थानीय समयअनुसार राति १० बजे उनको निधन भएको हो ।
  • जर्ज मेस्सी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए र उनले लियोनलको फुटबल करियरमा मार्गदर्शकको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२३ साउन, काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ ।

अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा स्थानीय समयअनुसार राति १० बजे उनको निधन भएको इन्फोबाएले जनाएको छ । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्ज मेस्सी लियोनलका एजेन्टसमेत थिए ।

जर्ज मेसीले लियोनलको फुटबल करियरमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । छोरा लियोनलसहित रोड्रिगो, माटियास र मारिया सोलका पिता जर्ज परिवारका प्रमुख व्यक्ति थिए । उनले लियोनलको मैदानबाहिरका अधिकांश जिम्मेवारी सम्हाल्दै उनको करियरमा मार्गदर्शकको भूमिका निर्वाह गरेका थिए ।

लियोनल किशोर अवस्थामा न्युएल्स ओल्ड ब्वाइजमा खेल्दा उनलाई आवश्यक उपचारका लागि जर्जले महत्वपूर्ण पहल गरेका थिए । युरोपमा फुटबल करियर बनाउन लियोनल बार्सिलोना जाँदा पनि जर्ज उनीसँगै स्पेन पुगेका थिए। त्यतिबेला लियोनलकी आमा सेलिया कुसिटिनी भने परिवारका अन्य सदस्यसँग रोसारियोमै बसेकी थिइन् ।

विश्वकपका क्रममा जर्जलाई परिवारका अन्य सदस्यसँगै देखिनु सामान्य थियो । तर अमेरिकामा सम्पन्न २०२६ को विश्वकपका क्रममा मेसी परिवारको उपस्थिति विगतको तुलनामा फरक देखिएको थियो ।

उनकी पत्नी एन्टोनेला रोसुजो भने छोराहरू थियागो, माटेओ र सिरोसहित अमेरिकामा थिइन् ।

जर्ज मेसी लियोनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय