+

सविन टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन

२०८३ साउन  २३ गते १८:५४ २०८३ साउन २३ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सविन तामाङले शनिबार काठमाडौं खेलमण्डल एनआरटी नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको उपाधि जितेका छन् ।
  • फाइनलमा सविनले रोहित क्षेत्रीलाई ६–१ को सेटमा पराजित गर्दै एक लाख ११ हजार १११ रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।
  • त्रिपुरेश्वरस्थित एनआरटी भवनमा आयोजित उक्त प्रतियोगिताको उपविजेता बनेका रोहित क्षेत्रीले ५१ हजार रुपियाँ प्राप्त गरेका छन् ।

२३ साउन, काठमाडौं । सविन तामाङले शनिबार प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगताको फाइनलमा सविनले रोहित क्षेत्रीलाई सजिलै ६–१ सेटमा पराजित गरे ।

बेस्ट अफ इलेभेनको फाइनल सविनले सजिलै ५९–३२, १–७०, ७३–५२, ५९–४१, ७४–२२ र ६८–१३, ६७–१७ ले जिते । सविनले रोहितलाई हराएको यो तेस्रो पटक हो ।

यसैगरी रोहित लगातार दोस्रो पटक फाइनलमा पराजित भएका हुन् । पछिल्लो प्रतियोगता नेपाल मास्टर्स स्नुकर प्रतियोगितामा रोहित फाइनलमा सोम लामासँग पराजित भएका थिए ।

त्रिपुरेश्वरस्थित एनआरटीको आफ्नै भवनमा भएको प्रतियोगता जितेपछ च्याम्पियन सविन ट्रफीसहित एक लाख ११ हजार १११ रुपियाँरुको हकदार बने । उपविजेता रोहित ५१ हजार रुपियाँसहित ट्रफीमा सीमित भए ।

यसैगरी सेमिफाइनल पुगेका वाङचू तामाङ र राजन गुरुङलाई लाई जनही २५००० हजार रुपियाँसहित ट्रफी प्रदान गरियो ।

प्रमुख अतिथि केकेएम एनआरटीका संरक्षक समितिका सदस्य दुर्गा महर्जन, बागमती प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठ, एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी, महासचिव सतिसकृष्ण श्रेष्ठ, प्रतियोगिता संयोजक राजेन्द्र शाक्य (माईला) र नेपाल बिलियार्ड स्नुकर र पुल संघका अध्यक्ष सरोज मुल्मीलगायतले विजेताहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरे ।

प्रतियोगता साउन १३ गते सुरु भएको हो ।

टप १६ ग्रान्ड मास्टर्स स्नूकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय