+
+
Shares

सुदूरपश्चिममा राज्यमन्त्रीसहित एमालेका ४ मन्त्रीले पनि लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
  • मुख्यमन्त्री भट्टसँगै एमालेका चार जना मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ ग्रहण गर्नुभएको छ।
  • सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नयाँ गठबन्धन सरकार बनेको हो।

२९ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए ।

सन्तोश शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्र बहादुर मल्ल– आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएका भट्ट नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रदेशसभा संसदीय दलका नेता हुन् । उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् ।

यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि प्रदेश प्रमुख मियाँले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?