+
+
Shares

दोलखाको तामाकोशी खोलाको बीचमा एक जना अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते २१:५१

२९ साउन, काभ्रेपलाञ्चोक । दोलखाको बिगु गाउँपालिका–१, सिस्नेरीस्थित तामाकोशी खोलामा खोलाको बीच भागमा एकजना व्यक्ति फसेका छन् । खोलाको दुवैपट्टी बाढी आउँदा ती व्यक्ति फसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काका अनुसार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको अडिट–१ मा कार्यरत कालिञ्चोक गाउँपालिका–४ चप्लेटी निवासी २३ वर्षीय अभियान थामी खोलाको बीचमा फसेका हुन् । उनी माछा मारेर फर्किने क्रममा त्यहाँ फसेको प्रहरीले जनाएको छ ।

अहिले साँझ करिब ५ बजे तामाकोशी खोलामा पानीको बहाव अचानक बढेपछि उनी खोला तर्न नसकी बीच भागमा अड्किएको सूचना ८ बजे प्रहरी चौकी रोल्वालिङलाई प्राप्त भएको थियो ।

जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी रोल्वालिङ र इलाका प्रहरी कार्यालय सिंगटीबाट ९ जना प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?