News Summary
Generated by OK AI. Editorially reviewed.- सुस्मिता थापामगर प्रोफेसनल मिक्स मार्सल आर्ट्समा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छिन्।
- बेंगलुरुमा भएको रोनिन एफसी ३ प्रतियोगितामा उनले भारतकी शालु शर्मालाई हराउँदै आफ्नो डेब्यु खेलमा नै विजय हासिल गरिन्।
- ‘डेब्यू खेलमै जित निकाल्न पाउँदा एकदमै खुसी लागेको छ, यो सुरुवात मात्रै हो’ भन्दै उनले आफ्नो आगामी लक्ष्यबारे अनलाइनखबरसँग उल्लेख गरिन्।
३१ साउन, काठमाडौं । नेपाली फाइटर सुस्मिता थापामगर प्रोफेसनल मिक्स मार्सल आर्ट्स (एमएमए) मा जित निकाल्ने पहिलो महिला नेपाली खेलाडी बनेकी छन् ।
गएराति भारतको बेंगलुरुमा भएको रोनिन एफसी ३ अन्तर्गतको खेलमा भारतकै शालु शर्मालाई हराउँदै सुस्मिताले प्रोफेसनल एमएमएमा पहिलो जित दर्ता गरेकी हुन् ।
सुस्मिताले डेब्यू खेलमै जित निकाल्न सफल भइन् । उनी प्रोफेसनल एमएमएमा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी बनिन् ।
‘डेब्यू खेलमै जित निकाल्न पाउँदा एकदमै खुसी लागेको छ । यो सुरुवात मात्रै हो । गर्नुेपर्ने धेरै नै छ’ उनले अनलाइनखबरसँग भनिन् ।
तेक्वान्दो, किकबक्सिङ हुँदै मुवाथाईमा चम्किरहेकी गण्डकी प्रदेशकी फाइटर सुस्मिताले प्रोफेसनल एमएमएमा पनि शानदार डेब्यु गरेकी छन् ।
प्रतिक्रिया 4