+

आईसीसी टेस्ट ब्याटिङ वरियताको शीर्षस्थानमा फर्कीए ब्रूक

२०८३ भदौ  ३ गते १४:२४ २०८३ भदौ ३ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका ह्यारी ब्रुक आईसीसी टेस्ट ब्याटिङ वरीयताको शीर्ष स्थानमा चौथोपटक फर्किएका छन्।
  • बंगलादेशविरुद्ध पहिलो टेस्टमा कमजोर प्रदर्शनपछि अस्ट्रेलियाका ट्राभिस हेड तल झरेका छन्, जबकि स्टिभ स्मिथ तेस्रो स्थानमा उक्लिएका छन्।
  • बंगलादेशका नजमुल हुसैन शान्तोले ८४ रन बनाएर करिअरकै उत्कृष्ट टेस्ट वरीयता २०औँ स्थान हासिल गरेका छन्।

३ भदौ, काठमाडौं । इंग्ल्यान्डका ब्याटर ह्यारी ब्रुक फेरि आईसीसी टेस्ट ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । अस्ट्रेलियाका ट्राभिस हेड बंगलादेशविरुद्धको पहिलो टेस्टमा कमजोर प्रदर्शन गरेपछि तल झरेसँगै ब्रुकले चौथोपटक नम्बर एक स्थान हासिल गरेका हुन् ।

ब्रूकले पहिलोपटक सन् २०२४ को डिसेम्बरमा टेस्ट वरीयताको शीर्ष स्थान कब्जा गरेका थिए । पछिल्लो वरीयतामा जो रुट र स्टिभ स्मिथले पनि हेडलाई पछि पारेका छन् । बंगलादेशविरुद्ध डार्विनमा भएको पहिलो टेस्टमा हेडले २२ र १७ रन मात्र बनाउन सकेका थिए ।

स्मिथले भने पहिलो इनिङमा ७१ र दोस्रो इनिङमा ४४ रन बनाएपछि एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन् ।

बंगलादेशका कप्तान नजमुल हुसैन शान्तोले करिअरकै उत्कृष्ट वरीयता हासिल गरेका छन् । पहिलो टेस्टको एक मात्र इनिङमा ८४ रन बनाएपछि उनी नौ स्थान माथि उक्लिँदै २०औँ स्थानमा पुगेका छन्। उनको ६५९ रेटिङ अंक बंगलादेशी ब्याटरमध्ये छैटौँ उच्च हो ।

अस्ट्रेलियाका क्यामरन ग्रीन पनि दोस्रो इनिङमा शतक बनाएपछि पाँच स्थान सुधार गर्दै ३०औँ स्थानमा पुगेका छन् । बंगलादेशका मोमिनुल हक ३१औँ, शादमान इस्लाम ५८औँ, मेहदी हसन मिराज ५९औँ तथा तान्जिद हसन ८८औँ स्थानमा पुगेका छन् ।

बलिङतर्फ बंगलादेशका हसन महमुदले ठूलो छलाङ मारेका छन् । पहिलो इनिङमा ५५ रन दिएर ६ विकेट लिएपछि उनी २६ स्थान सुधार गर्दै ३८औँ स्थानमा पुगेका छन् । मेहदी हसनले दोस्रो इनिङमा ५ विकेट लिएपछि तीन स्थान सुधार गर्दै २४औँ स्थानमा पुगेका छन् ।

यसैबीच, एकदिवसीय ब्याटिङ वरीयतामा अफगानिस्तानका सेडिकुल्लाह अटलले ठूलो फड्को मारेका छन् । आयरल्यान्डविरुद्धको पाँच खेलको सिरिजका पछिल्ला दुई खेलमा १४३ र ९८ रन बनाएपछि उनी ३७ स्थान माथि उक्लिँदै ३३औं स्थानमा पुगेका छन् ।

आयरल्यान्डका कर्टिस क्याम्फर पनि २३ स्थान सुधार गर्दै ३६औं स्थानमा पुगेका छन् । क्यानडाका पर्गत सिंह १० स्थान माथि उक्लिँदै ८५औं तथा आयरल्यान्डका एन्ड्र्यु बालबिर्ने पाँच स्थान सुधार गर्दै ४७औं स्थानमा पुगेका छन्।

आईसीसी वरियता टेस्ट ब्याटिङ वरियता ह्‍यारी ब्रूक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय