+

नेपाल भलिबल लिगको मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक

२०८३ भदौ  ३ गते १७:०१ २०८३ भदौ ३ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिगको मुख्य प्रायोजक बनेको छ र केडिया ग्रुपसँग तीन वर्षे सम्झौता भएको छ।
  • सम्झौता करिब पौने ३ करोडको रहेको र नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा हुनेछ।
  • लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

३ भदौ, काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभीएल) को मुख्य प्रायोजक बनेको छ ।

बुधबार एक कार्यक्रमकाबीच नेपाल भलिबल लिगको आयोजक केडिया ग्रुप र एक्सट्रिम ईनर्जी ड्रिंक्सबीच सम्झौता भएको हो ।

सम्झौतामा एक्स्ट्रिम ईनर्जी ड्रिंक्सको तर्फबाट मार्केटिङ हेड अफ एक्सट्रिम ईनर्जी ड्रिक तथा बिसनेस हेड अफ एग्रो थाई सोनिया राना र नेपाल भलिबल लिगका म्यानेजिङ डिरेक्टर आश्विन केडियाले हस्ताक्षर गरे ।

यो सम्झौता तीन वर्षको लागि भएको केडियाले जानकारी दिए । ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई एनभीएलको मुख्य प्रायोजकको रुपमा पाउँदा हामीलाई एकदमै खुशी लागेको छ । यो सम्झौता ३ वर्षको लागि हुनेछ । एनभीएललाई लिग मात्र नभएर एउटा मुभमेन्टको रुपमा अघि बढाउन चाहन्छौं।’ केडियाले भने ।

सम्झौतापछि एक्सट्रिम ईनर्जी ड्रिक्सका मार्केटिङ हेड सोनिया रानाले नेपाल भलिबल लिगसँग जोडिन पाउँदा खुशी व्यक्त गरिन् । ‘नेपाल भलिबल लिगमा मुख्य प्रायोजन सम्झौता सहित सहकार्य गर्न पाउँदा खुशी छौं । यसले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा पुर्याउन मदत गर्नेछ ।’

यस्तै नेपाल भलिबल लिगका सिइओ सन्तोष उपाध्यायले एनभीएलका लागि यो ऐतिहासिक दिन भएको र यसले आउने दिनमा भलिबलको विकासमा सहयोग पुग्ने बताए । ‘आजको दिन महत्वपूर्ण क्षण हो । हामीले टाईटल स्पोनसर पाएका छौं । यो भलिबल विकासको लागि महत्वपूर्ण खुड्किलो हो ।’

उपाध्यक्षयाले यो सम्झौता करिब पौने ३ करोडको रहेको जानकारी दिए । तीन वरष्पछि पनि स्मजौतालाई निरन्तरता दिने विषयमा आगामी दिनमा छलफल गरिने उनले बताए ।

नेपाल भलिबल संघसंगको समन्वयमा केडिया ग्रुपको आयोजनामा हुने नेपाल भलिबल लिगको पहिलो संस्करण यही भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा हुनेछ ।

लिगमा ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एक्सट्रिम इनर्जी नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय