काठमाडौं । लाभा मोबाइलको नयाँ स्मार्टफोन ‘इरिस एक्स फाइभ’ नेपाली बजारमा भित्रिएको छ । सेल्फी फोटो खिच्नेहरुलाई लक्षित गरि निर्माण गरिएको यो स्मार्टफोनमा अगाडी ५ मेगापिक्सेल फ्लास क्यामेरा रहेको छ ।
यसको मूल्य नेपाली बजारमा १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । आकर्षक डिजाइन र फिचरहरु भएको यस स्मार्ट फोनमा एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिष्टम रहेको छ ।
एक्स फाइभमा रहेको अगाडीको क्यामेरामा एलइडी फ्लास लाइट रहेको हुँदा कम लाइटमा पनि उत्कृष्ट सेल्फी फोटो खिच्न सकिने कम्पनीको दाबी छ । यसको अगाडीको क्यामेराले ८४ डिग्रीको कोणमा तस्विर क्याप्चर गर्न सक्छ ।
यसको पछाडी ८ मेगापिक्सेल अटो फोकस क्यामेरा रहेको छ । जसले अरुका उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ ।
यसमा १.२ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर, १ जीबी र्याम, २१०० एमएएच ब्याट्री, ८ जीबी इन्टरनल मेमोरी, आवश्यकताअनुसार ३२ जीबीसम्म बढाउन सकिने, वाईफाई, ब्लुटुथ लगायतका सुविधाहरु रहेका छन् ।
नेपाली बजारमा लाभा मोबाइल चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्सले आयात तथा बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया 4