+

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

२०८३ भदौ  ३१ गते १८:०८ २०८३ भदौ ३१ गते १८:०८
१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन इन्टरनेशनल भास्कुलर समिटको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ।

३१ भदौ, काठमाडौं । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैतमा काठमाडौंमा हुने भएको छ । विश्वका भास्कुलर चिकित्सा विशेषज्ञलाई नेपालको एउटै मञ्चमा जोड्ने उद्देश्य बोकेको यो शिखर सम्मेलन चैत ३ देखि ७ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजकका अनुसार यसपटक सम्मेलनलाई अघिल्लो संस्करणभन्दा व्यापक बनाउँदै १०० भन्दा बढी देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई निमन्त्रणा गरिएको छ । हालसम्म ६० भन्दा बढी देशका प्रतिनिधिले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेले यसपटक अघिल्लो संस्करणको तुलनामा कम्तीमा दोब्बर वदेशी विशेषज्ञ सहभागी हुने अपेक्षा गरिएको जानकारी दिए ।

उनका अनुसार सन् २०२४ मा आयोजित पहिलो हिमभासमा ४२ देशका विज्ञ चिकित्सक तथा वैज्ञानिक सहभागी भएका थिए । तीन दिनसम्म चलेको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढीको सहभागिता थियो ।

‘पहिलो सम्मेलनले नेपालमा भास्कुलर चिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न सकिन्छ भन्ने आधार तयार गरेको छ‍’ अध्यक्ष पाण्डेले भने, ‘यसपटक त्यसलाई अझ ठूलो र प्रभावकारी बनाउने तयारी गरेका छौं ।’

सम्मेलनको मुख्य उद्देश्य हिमालय क्षेत्रसँग सम्बन्धित मुलुकसहित विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप, अनुसन्धान र उपचारका अनुभव आदानप्रदान गर्नु रहेको पाण्डेले बताए ।

सम्मेलनमा भास्कुलर चिकित्सा तथा शल्यक्रियासँग सम्बन्धित नयाँ अनुसन्धान, वैज्ञानिक पेपर र पोस्टर प्रस्तुत गरिनेछ । आयोजकका अनुसार यसपटक ३०० भन्दा बढी पेपर तथा पोस्टर प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशका विशेषज्ञ सम्मेलनमा सहभागी हुनेछन् ।

त्यस्तै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञहरूको सहभागिता पनि सुनिश्चित भइसकेको आयोजकले जनाएको छ ।

हिमभास २०२७ को अर्को महत्वपूर्ण उद्देश्य नेपालमा मेडिकल पर्यटन प्रवर्धन गर्नु रहेको अध्यक्ष पाण्डेले बताए । उनका अनुसार पहिलो हिमभासमा सहभागी ४० भन्दा बढी विदेशी विशेषज्ञ सम्मेलनपछि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका थिए । उनीहरू माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविर ‍ट्रेकमा समेत गएका थिए ।

भास्कुलर चिकित्सा हिमभास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता