+
+
Shares

कक्रोच जनता पार्टीका अभिजित दिपके सहित ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ११:५४

२४ असोज, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजित दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ ।

सीजेपीले वक्तव्य जारी गर्दै शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको हो ।

सीजेपीका अनुसार तीनै जना नेता मुम्बईबाट दिल्ली आएका थिए । त्यसै क्रममा अभिजित दीपके सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए ।

त्यसपछि उनीहरूलाई हिरासतमा लिइएको पार्टीको दाबी छ । दिल्ली प्रहरीको कदमलाई सीजेपीले ‘तानाशाहीपूर्ण’ भन्दै तीनै जना नेताको तत्काल विना शर्त रिहाइको माग गरेको छ । ‘यो कारबाही मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन हो,’ सीजेपीले भनेको छ ।

यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानूनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?