News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको आरोप लगाए ।
- पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्नु गलत भएको बताए ।
- उनले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य दलहरूको भएको धारणा राखे ।
२४ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका छन् ।
एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा अयाोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्ने कामले सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको टिप्पणी गरे ।
उनले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य राजनीतिक दलहरूको भएको धारणा पनि राखे ।
छिमेकीहरूसँगको सम्बन्धलाई असुरक्षित र असंस्कृत बनाएर सरकार अगाडि बढेमा त्यसको असर देशको सार्वभौमसत्ता र अस्मितामा पर्ने समेत उनको भनाइ छ ।
पार्टीलाई जनतासँग जोड्नका लागि विगतमा भएका कमकमजोरीहरूलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड उनले दिए ।
प्रतिक्रिया 4