+
+
Shares

गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुम्ब्री गाउँपालिका–६ मा बिहान ४ बजेर ३५ मिनेटमा आकस्मिक बाढी आएको प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले बताए ।
  • गाउँपालिका अध्यक्ष निमा लामाले चुम्केको खोलामा पहिरो खसेर थुनिएपछि बाढी आएको जानकारी दिए ।
  • बाढीले सल्लेरी र जगत बजार जोखिममा परेका छन् भने बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन एसएमएस पठाएको छ ।

२५ असोज, काठमाडौं । गोर्खाको चुमनुब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताए । उनका अनुसार बाढीले मानवीय क्षति पुर्‍याएको जानकारी छैन ।

अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।

चुमनुब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा रहेको स्थानीयले बताएका छन् । जोखिमका कारण कतिपय विस्थापित भएका छन् ।

बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले सतर्कता अपनाउन भन्दै एसएमएस पठाएको छ ।

थप तस्वीरहरू  : Gurung Suna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?