News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा पाल्पा छहराका २२ वर्षका गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको छ।
- लु ४ त ९७१६ नम्बरको ट्याक्टर ब्रेक फेल भएर ओरालो सडकमा दुर्घटना हुँदा चालक रुपन्देही तिलोत्तमा नगरपालिका–११ का पुन्यप्रसाद थारू घाइते भएका छन्।
- दुर्घटनामा सञ्जय पाण्डेले चलाएको लु ७२ प २०६३ नम्बरको मोटरसाइकल पनि क्षतिग्रस्त भएको छ।
२५ असाेज, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एक जना भएका छन्।
लु ४ त ९७१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार दुई जनामध्ये पाल्पा छहराका २२ वर्षका गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको र चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ का पुन्यप्रसाद थारू घाइते भएको स्थानीय केशव पन्थीले बताए ।
रोलर बोकेर आएको ट्याक्टर ओरालो सडकमा ब्रेक फेल भई दुर्घटना भएको बल्कोट प्रहरी इन्चार्ज दिवस दाहालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका चालकको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचार जिल्ला अस्पताल अर्घाखाँचीमा भइरहेको छ ।
दुर्घटनाका क्रममा सञ्जय पाण्डेले चलाएको लु ७२ प २०६३ नम्बरको मोटरसाइकलसमेत क्षतिग्रस्त भएको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताएका छन् ।
प्रतिक्रिया 4