+
+
Shares
गसिप :

ठट्टा गर्दैछन् निश्चल, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक निश्चल बस्नेतले स्वस्तिमा खड्कासँगको फोटो राखेर ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’ भनेर स्टाटस लेखेका छन् ।
  • उनले भर्खरै अर्को पोस्टमा ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे ।’ भनेर लेखेका छन् ।
  • उनका पोस्टहरूका कारण सामाजिक सञ्जालमा धेरैले रियाक्ट र कमेन्ट गरेका छन् ।

अहिले निर्देशक निश्चल बस्नेत या त फुर्सदिलो हुनुपर्छ या त ठट्यौली मुडमा । उनलाई ख्यालठट्टा गर्ने खुब रहर चलेको छ । अस्तिमात्र उनले लेखेका थिए, ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’

त्यसमा उनले आफ्नो अनुहारको आधा भाग देखिने गरी पृष्ठभूमिमा स्वस्तिमा खड्काको फोटो खिचेका थिए । फोटो र क्याप्सनको तालमेल यति मिलेको थियो कि धेरैले त्यसमा रियाक्ट र कमेन्ट गरे । कतिले लेखे, ‘जेब्राक्रस जस्तो ।’ कतिले लेखे, ‘खै त भल्ट्याङभुल्टुङ ?’ जे होस्, निश्चलको पोस्टले धेरैलाई बेफुर्सदिलो बनायो ।

यो स्टाटस उनले त्यही बेला लेखेका थिए, जतिबेला प्रधानमन्त्री बालेन शाह झोँक्किएका थिए । उनले झोँक्किएरै कटाक्ष गर्दै लेखेका थिए, ‘धन्न खुला मञ्च बनाइएको थियो ।’ त्यसपछि सोसल मिडियामा ‘धन्न’ ट्रेन्डिङ शब्द नै बन्यो । प्रधानमन्त्री बालेन यो ‘धन्न’ छाडेर निकै अगाडि बढिसके । तर, उनैका हितैषी निश्चललाई भने यसको ह्याङओभरले छाडेको छैन । भर्खरै मात्र पनि उनले एउटा पोस्ट गरे, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे ।’

हुन त बेला नै रमाइलो गर्ने हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?