+
+
Shares

कांग्रेस महाधिवेशन : अल्पुसंख्यक तथा अपांगतातर्फको मतगणना मंगलबार बिहानदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अल्पसंख्यक तथा अपाङ्गतातर्फका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानबाट सुरु गरिने भएको छ।
  • केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्री र एक–एक केन्द्रीय सदस्य पदको मतगणना पनि मंगलबार बिहानदेखि गर्ने तयारी गरेको छ।
  • समितिका सदस्य सचिव राजु कटुवालले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताएका छन्।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अल्पसंख्यक तथा अपाङ्गतातर्फका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले अल्पसंख्यक तथा अपाङ्गतातर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ ।

अल्पसंख्यक तथा अपाङ्गतातर्फ सहममन्त्री (एक पद) र अपाङ्गता र अल्पसंख्यक एक–एक केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना पनि मंगलबार बिहानदेखि हुने समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।

यसैबीच समितिका सदस्य सचिव राजु कटुवालले मंगलबार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुने बताएका छन् । निर्वाचन समितिले मतगणनामा खुला केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?