Comments Add Comment

सन्यासको घोषणा गरिन नायिका सुरभीले

चलचित्र ‘समय’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कलाकार नायिका सुरभी जैनले यो क्षेत्रबाट विश्राम लिएको घोषणा गरेकी छिन् ।

नयाँ बर्षको दिन सुरभीले फेसबुकमार्फत् चलचित्र क्षेत्रबाट सन्यास लिएको घोषणा गर्दै अब आफ्ना बाबुको बिजनेसमा लाग्ने बताएकी छिन् ।

‘चलचित्र उद्योगबाट ब्रेक लिँदैछु । तपाईँ सवैको माया र सहयोग पाउँदा म एकदमै खुसी छु र निकै राम्रो अनुभव पनि लिएँ’ सुरभीले फेसबुकमा भनेकी छिन-‘म बुबाको बिजनेसमा लागेँ, सिक्दै छु, राम्रो उद्यमी बन्न कोसिस गर्ने छु ।’Surabi
सुरभीले अभिनय गरेको समय मात्र प्रदर्शनमा आएको थियो । उनले अन्य केही चलचित्रमा काम गरेपनि कुनै पनि फिल्म प्रर्दशनमा आएका छैनन् ।

सुरभीले चलचित्र क्षेत्रमा रहँदा आफूलाई माया गर्ने चलचित्रकर्मीलाई धन्यवाद दिएकी छिन् । चलचित्र समय असफल भएपछि सुरभीको चर्चा सेलाएको थियो । फिल्म उद्योगमा खासै सफलता पाउन नसकेपछि उनी बेलैमा अर्को बाटो लागेकी छिन् ।
surabhi-jain-status copy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment