+
+

रत्नपार्क गेटमा झुण्डिएको अवस्थामा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २५ गते १५:४२

२५ जेठ, काठमाडौं । मानिसहरूको बाक्लो चहल पहल हुने रत्नपार्कमा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पार्कको पश्चिम गेटमा नै झुण्डिएको अवस्थामा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।

sucide

अन्दाजी ३०/३२ वर्षका युवकको सनाखत हुन सकेको छैन । मृत अवस्थामा रहेका उनको घाँटीमा डोरी लागेको छ भने उनको घुँडाले भुइँ छोएको छ ।

शव शिक्षण अस्पताल लगिएको छ । घटनास्थलको ठिक अगाडि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ ।

तस्वीरः फारुक कैशर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?