+
+

सांसद जोशी भन्छन्ः नाकाबन्दीलार्इ अन्तर्राष्ट्रियकरण गर्नै हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते १५:२७

२२ असोज, काठमाडौं । व्यवस्थापिका सांसदमा भारतले गरेको नाकाबन्दीको विरोधमा तीव्र आवाज उठिरहेका बेला एक सांसदले फरक भनाइ राखेर ध्यानआकृष्ट गर्न खोजेका छन् ।

Janakraj-Joshiनेपालले नाकाबन्दीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नहुने बताउँदै एमाअोवादी समानुपातिक कोटाबाट सांसद बनेका जनकराज जोशीले भारतलाई घुर्कि देखाएर चाइना कार्ड प्रयोग नगर्न चेतावनी दिए ।

‘अन्तर्राष्ट्रिय कानून कमजोर हुन्छ । हामी अन्तर्राष्ट्रिय समुदायलाई उचालेर विशेष पहल लिन सक्ने अवस्थामा कति छौं ?’ पूर्वसचिव समेत रहेका जोशीले प्रश्न गरे, ‘अन्तराष्ट्रिय समुदायले वक्तव्य जारी गर्लान् । के त्यसले समस्या समाधान हुन्छ ? समाधान त हामीले भारतसित कुटनीतिक माध्यमबाटै गर्नुपर्छ ।’

उनले बाहिर हेर्न खोजियो भने स्थिति नियन्त्रणबाट बाहिर जान सक्ने चेतावनी दिए ।

विगतमा पटक-पटक नेपालले चाइना कार्ड प्रयोग गर्न खोज्दा असफल भएको भन्दै उनले यसपाली पनि सफल नहुने जिकिर गरे ।

‘राणाहरुले चाइना कार्ड प्रयोग गर्न खोजे, सकेनन् । महेन्द्रले खोजे सकेनन् । विपी कोइरालाले पनि सकेनन् । भने अहिलेको अवस्थामा चाइना कार्ड सफल हुने कुनै सम्भावना छैन ।’ उनले दुई देशबीच समस्या सुल्झाउन मध्यस्तकर्ता खोज्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?