२२ असोज, काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशै, तिहार र छठ पर्वको अवसर पारेर ल्याएको प्रभुको विङ्गो अफरअन्र्तगत यस साताका विजेताहरु सार्वजनिक गरेको छ ।
एक सातामा २३ जनाले प्रभु विङ्गोबाट एकलाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरेका छन् भने एकजनाले मलेशिया काठमाडौंको टिकट समेत जितेका छन् ।
अफरअन्तर्गत मलेसिया-काठमाडौंको टिकट मनोज परियारले जितेका छन् । टिकट विजेताको नाम एयर एसियाको नेपाली जिएसए कम्पनी इन्सेन्टीभ टुर्स एण्ड ट्राभल्सका कार्यकारी निर्देशक हरीमान लामाले लक्कि ड्रमार्फत छनौट गरेका हुन् ।
यसैगरी यज्ञकुमारी राउत, चन्द्र अधिकारी, अलि हुसेन मियाँ तेली, सुनिता मगराती, इन्द्रबहादुर चर्मकार, धनबहादुर तामाङ, कविताकुमारी उरा, राजकुमारी देवी मलहा र सरस्वती बस्यालले नगद पुरस्कार जितेका छन् ।
एमडी राहमाथुला कवरी, उपीन्दर महरा, सुभाष तामाङ, हेमकुमार काम्वाङ, विक्रम राई, मुना लाप्चा, पुनबहादुर थापा, सब्नम खातुन, पार्वती राई, पर्शुराम घिमिरे, उमा ढूंगाना, अशोक गुरुङ, तारा तिमल्सिना, दिवान राईले पनि नगद पुरस्कार हात पारेका छन् ।
प्रभुको विङ्गो अफर मंसिर १ गतेसम्म लागु हुने र हरेक हप्ता प्रभू मनि ट्रान्सफरले विजेताको नाम सार्वजनिक गर्दै जाने कम्पनिले जनाएको छ ।
प्रतिक्रिया 4