+
+

प्रियंकाको ‘ब्लास्ट हुनेवाला छ जवानी’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १६:३६

priyanka-karki-item

दसैंले छोइसकेको अवस्थामा चलचित्रका निर्माताहरु पनि आफ्ना चलचित्रका गीत सार्वजनिक गर्न तछाडमछाड गरिरहेका छन् । शनिबार र आइतबार मात्र ४ वटा चलचित्रका गीत सार्वजनिक गरिएको छ ।

कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लुटेरा’को ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी’ बोलको गीत सार्वजनिक गरिएको छ । एक्सनप्रधान यो चलचित्रको आइटम गीतमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।

कुमार विवाहितको शब्द , बसन्त सापकोटाको संगीत, शशी रावलको स्वर रहेको यो गीतले चर्चा पाउने विश्वासमा छन् प्रस्तुतकर्ता गोपाल कायस्थ ।

चलचित्रमा भने कलाकारहरु निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हषिर्का श्रेष्ठ, अनुभव रेग्मीको मुख्य भूमिका छ । दयाराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई बसन्कुमार श्रेष्ठ र टीसेरिङ दोर्जे लामाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?