+
+

सम्पदा पुनःनिर्माणका लागि पर्यटक शुल्कमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते १२:००

१ कात्तिक, काठमाडौँ । हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिले सम्पदा पुनःनिर्माणका लागि कोष स्थापना गरेको छ ।

दरबार क्षेत्रमा भएका ऐतिहासिक महत्वका प्राचीन तथा सांस्कृतिक सम्पदा भूकम्पका कारण भत्किएपछि तिनको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि कोष स्थापना भएको हो ।

समितिले दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको शुल्क आजदेखि लागू हुने गरी रु ७५० बाट वृद्धि गरी रु एक हजार पु¥याएको छ । समितिले दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मुलुकभन्दा बाहिरबाट आएका पर्यटकलाई अहिलेसम्म रु ७५० शुल्क लिँदै आएकोमा उनीहरुलाई शुल्क वृद्धि गरिएको हो । प्रत्येक टिकटबाट प्राप्त हुने रु २५० लाई कोषमा सङ्कलन गरिनेछ ।

सार्क मुलुकका नागरिकलाई रु १५० शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएकोमा त्यसलाई अहिले यथावत् राखिएको छ । काठमाडौँ महानगरपालिकाको गत असारमा बसेको परिषद्ले आजदेखि शुल्क वृद्धि गर्ने निर्णय गरेकोमा त्यसलाई कार्यान्वयन गरिएको समितिका कार्यक्रम प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।

अहिलेको मौसममा गत वर्ष प्रतिदिन करिब ४०० पर्यटक आउने गरेकामा यस वर्ष पर्यटकको सङ्ख्या घटेर करिब २५० आउने गरेको समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?