३ कात्तिक, परासी । नवलपरासीको पहाडी क्षेत्रमा जाने एकमात्र दलदले-बुलिङटार सडकखण्डमा गएको पहिरो हटाएपछि गाडी चल्न थालेका छन् ।
ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको पहाडी क्षेत्रको सडक जिल्ला विकास समितिको सहयोगमा स्थानीयले एकजुट भई पहिरो हटाएपछि सहज रुपमा यातायात सञ्चालनमा आएको हो ।
दुई महिनाअघि गएको पहिरो हटाएपछि अर्खला, धौबादी, जौबारी,भारतीपुर, डेढगाउँ, नरम र मिथुकरमलगायत १७ गाविसका स्थानीयले सहजताको महसुस गरेका छन् । सो क्षेत्रमा दैनिक करिब ५० वटा सवारी साधन सञ्चालनमा छन् ।
नवलपरासीको पहाडी क्षेत्रमा वर्षातले गर्दा करिब चार महिना सो भेगमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा खच्चड तथा मानिसबाट औषधि र खाद्यान्न ढुवानी गर्नुुपर्ने बाध्यता रहँदै आएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4