८ कात्तिक, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेबाट गत आव ०७१÷७२ मा अघिल्लो आवको तुलनामा करिब २८ प्रतिशत राहदानी वितरण भएको छ ।
आव ०७१÷७२ मा अघिल्लो आवको तुलनामा दुई हजार ४२५ बढी राहदानी वितरण गरिएको हो ।
अघिल्लो आवमा छ हजार ३२८ राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले काठमाडौँबाट राहदानी लिन चार हजार ४८१ वटा सिफारिस गरेको छ ।
आव ०७१÷७२ मा भने कार्यालयबाट आठ हजार ७५३ वटा राहदानी वितरण भए । त्यसबाट चार करोड ४७ लाख १० हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आवको तुलनामा २९ दशमलव २३ प्रतिशत बढी राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।
आव ०७०÷७१ मा राहदानीबाट मात्र ३ करोड १६ लाख ४० हजार रूपैयाँ राजस्व सङ्कलन भएको थियो । पछिल्लो समय कार्यालयबाटै कम शुल्कमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ ।
‘काठमाडौँबाट बढी शुल्कमा राहदानी लिनुपर्ने भएकाले जिल्लाबाटै लिनेको सङ्ख्या बढेको हो ।’ यसैबीच नेपाली नागरिकताको प्रमाणपत्र आव ०७१÷७२ मा आठ हजार ८६६ वटा वितरण भएको छ ।
नागरिकताको प्रतिलिपि भने पाँच हजार ४ ;o २५ जनालाई वितरण गरिएको सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4