+
+

सामुदायिक विद्यालयलाई १० लाख दिने स्वतः व्यवस्थापन समितिमा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १० गते ७:३१
फाइल तस्वीर
फाइल तस्वीर

१० कात्तिक, काठमाडौं । सामुदायिक विद्यालयमा कम्तीमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिले स्वतः सदस्य बनाउन पाउने भएका छन् ।

शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी विद्यालयलाई १० लाख रुपैयाँ वा सो भन्दा बढी नगद सहयोग वा जिन्सी सहयोग गर्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समिति सदस्य बन्न पाउने व्यवस्था गर्न लागिएको गोरखापत्रमा खबर छ ।

विद्यालयलाई आर्थिक रुपमा सम्पन्न गराउन त्यस्ता व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा प्रवेशका लागि प्रेरित गर्न खोजिएको मन्त्रालयका पदाधिकारीहरुको भनाइ छ । त्यस्तै, विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने संस्थासमेत अभिभावक बन्न सक्ने कानुनी व्यवस्था गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?