+
+

स्कुल खुलेपनि कोर्स सक्न कठिन हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ६:२८

३० कात्तिक, काठमाडौं । इन्धन अभाव र दसैंतिहार बिदाका कारण बन्द भएकामध्ये केही निजी र सरकारी शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अनुसार आइतबार उपत्यकाका ४० प्रतिशत विद्यालय खुलेका छन् । बाँकी विद्यालय छठ पर्वपछिमात्र खुल्ने सञ्चालकहरुले बताएका छन् ।

दसैं तिहारको बिदापछि विद्यालय खुलेपछि कोर्स सक्न कठिनाइ हुने शिक्षकहरुले बताएका छन् र इन्धन अभावका कारण टाढाबाट सवारी साधनमा आउने विद्यार्थीलाई विद्यालयसम्म ल्याउन नसक्दा दसैं विदा भन्दा अघि नै विद्यालय विदा गरिएको थियो । विद्यालय सञ्चालन गरिएपछि सबै विद्यार्थी विद्यालयमा आउन नसकेको विद्यालय प्रशासनले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अहिलेको अवस्था कायमै रहे विद्यालय खुलेपनि कोर्स नसकिने भन्दै व्याप्सनले आन्दोलन सामान्य भए शनिबार र बिदाका दिनमा पढाएरै भएपनि कोर्स सक्ने योजना बनाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?