+
+

आपूर्तिमन्त्रीको कार्यशैलीप्रति अख्तियार असन्तुष्ट

१३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपूर्तिमन्त्री गणेशमान पुनको कर्यशैलीमाथि असन्तुष्टि जनाएको छ ।

आपूर्तिमन्त्री गणेशमान पुनको निर्देशनमा वाणिज्य सचिव अध्यक्ष रहेको आयल निगमको बोर्डले खड्कालाई स्पष्टीकरण सोधेको थियो । साथै पुनको निर्देशनमा निगमका भलवारीसहितका तीन डिपो प्रमुखलाई काठमाडौंमा तानिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १४:०१

Ganeshman-Pun

१३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपूर्तिमन्त्री गणेशमान पुनको कर्यशैलीमाथि असन्तुष्टि जनाएको छ ।

आपूर्तिमन्त्री गणेशमान पुनको निर्देशनमा वाणिज्य सचिव अध्यक्ष रहेको आयल निगमको बोर्डले खड्कालाई स्पष्टीकरण सोधेको थियो । साथै पुनको निर्देशनमा निगमका भलवारीसहितका तीन डिपो प्रमुखलाई काठमाडौंमा तानिएको थियो ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले मन्त्रीको स्वकीय सचिवालयले स्पष्टीकरण सोधेको बताउँदै यसलाई बेथितिको पराकाष्टाको संज्ञा दिएका छन् । साथै आपूर्तिमन्त्रीले राजनीतिकरण गर्न खोजेको अख्तिारको आरोप छ ।

‘कारवाहीका लागि निश्चत कानुनी प्रक्रियाहरु छन् । कानुन अनुसार कारवाही गरेमा भोलि सम्मानित अदालतले पनि ठहर्‍याउँछ’ पुष्करले भने-‘तर, अनुगमन र कालोबजारीलाई खोजी-खोजी कारवाही गर्नुपर्ने वाणिज्य मन्त्रालयले हचुवाको भरमा काम गरिरहेको छ । कारवाहीको विषयलाई ‘पोलोटिसाइज’ गरिएको छ ।’

भिडियो

मन्त्रालयका अधिकारीहरु भने आफू मातहतको आयल निगममा कार्यकारी प्रमुखलाई मन्त्रालयले स्पष्टीकरण सोध्न सक्ने कानूनी आधार रहेको बताउँछन् ।

आयल निगमका कार्यकारी निर्देशक खड्कामाथि कालोबजारी गरेको, बिराट पेट्रो एवम् भलबारी डिपो लगायतको प्रकरणमा आर्थिक चलखेल गरेको आरोप लागेको छ र अख्तियारले बोलाएर नै सोधपुछ गरिसकेको छ ।

खड्कामाथि संगीन आरोप लागेको भन्दै अख्तियारले छानविन भइरहेको बताएको छ । तर, उसैको भाषामा संगीन आरोप लागेका व्यक्तिलाई निलम्बन नगरी सोही पदमा राख्दा आफूविरुद्धका प्रमाणहरु नष्ट गर्न सक्दैन र भन्ने सम्वाददाताको प्रश्नमा अख्तियार मौन बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?